कायरो । प्यालेस्टिनी इस्लामी समूह (हमास) को सशस्त्र शाखाले आइतबार युद्धविराम सम्झौता अन्तर्गत रिहा हुने पहिलो तीन महिला बन्धकको नाम सार्वजनिक गरेको छ । यससँगै सम्झौताको मध्यस्थकर्ता अमेरिका, कतार र इजिप्टले युद्धविराम सम्झौता कार्यान्वयन सुरू भएको पुष्टि गरेका छन् । “सम्झौताको एक भागको रूपमा, इज्जेदिन अल–कासम ब्रिगेडले आज निम्न इजरायली कैदीहरू, डोरोन स्टेनब्रेकर, एमिली डामारी…