एयर इन्डियाले भारतको दिल्लीबाट अमेरिकाको वासिङ्टन डीसीको उडान बन्द गर्ने निर्णय गरेको छ। यो सेवा १ सेप्टेम्बरदेखि बन्द हुनेछ। एयर इन्डियाका २६ बोइङ ७८७(८ विमानहरू स्तरोन्नति गरिँदै छ, जसका कारण धेरै विमान लामो दूरीको उडानका लागि उपलब्ध हुने छैनन्। भारतीय सञ्चारमाध्यमका अनुसार यो काम २०२६ को अन्त्यसम्म जारी रहनेछ। साथै पाकिस्तानको हवाई क्षेत्र बन्द छ,…