अब अमेरिकी कम्पनीहरुले विदेशी कामदर ल्याउँदा १ लाख डलर वर्षको सरकारलाई तिर्नुपर्ने !

अब अमेरिकी कम्पनीहरुले विदेशी कामदर ल्याउँदा १ लाख डलर वर्षको सरकारलाई तिर्नुपर्ने !



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कुनैपनि अमेरिकी कम्पनीले विदेशी कामदारलाई स्पोन्सर गर्दा हरेक वर्ष १ लाख डलर सरकारलाई बुझाउनुपर्ने नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

कामदारको अभाव भएको भन्दै विदेशीहरुलाई एनवानबी भिसामा ल्याउने गरिएको र यसमा सबैभन्दा बढी घोटाला भएको निष्कर्शपछि यस्तो आदेश जारी गरिएको हो । यससँगै वास्तविक उच्च क्षमता भएका विदेशी कामदारलाई मात्रै कम्पनीहरुले स्पोन्सर गर्ने अपेक्षा छ । एक लाख डलर सरकारलाई प्रत्येक वर्ष बुझाएसँगै ति व्यक्तिहरुलाई तलब पनि दिनुपर्नेछ ।

यसका कारण उनीहरुको लागि हुने खर्च कैयौं लाख डलरमा पुग्नेछ । यसले नक्कली कामदार ल्याउने र उनीहरुलाई अन्ततः अमेरिकी नागरिक बनाउने या स्थायी बसोबासको व्यवस्था गर्ने कार्यहरु रोकिने अपेक्षा गरिएको ह्वाईटहाउसले जनाएको छ ।