वासिङ्टन — अमेरिकी राष्ट्रपति सहभागी भएको डिनरमा गोली चलाउने व्यक्ति एक शिक्षक रहेको खुलेको छ । प्रहरीले ती व्यक्तिलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।
अभियोग लागेका व्यक्ति कोल टोमस एलन शिक्षक र भिडियो गेम डेभलपर समेत रहेको खुलेको छ । सामाजिक सञ्जाल लिंकडइनमा उनले अपलोड गरेको तस्विरमा टोपी र गाउन लगाएको देखिन्छ ।
उनले क्यार्लिफोनिया स्टेट युनिभर्सिटी–डोमिनग्वेज हिल्सबाट कम्प्युटर साइन्समा मास्टर्स डिग्री गरेपछि यो फोटो खिचाएका थिए । ३१ वर्षीय एलेनले यसअघि २०१७ मा क्यालिफोर्निया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट मेकानिकल इन्जिनियरिङमा स्नातक गरेका थिए ।
क्यार्लिफोनिया स्टेट युनिभर्सिटीका कम्प्युटर साइन्स प्रोफेसर बिन ताङले एलन निकै राम्रो विद्यार्थी रहेको बताए । ‘उनी निकै राम्रो विद्यार्थी थिए ।
मेरो कक्षामा सधैं अगाडिको बेन्चमा बस्थें । निकै ध्यानपूर्वक सुन्थें । कोर्ससँग सम्बन्धित विभिन्न प्रश्नहरु मलाई लगातार पठाइरहन्थें,’ एपीसँगको इमेल कुराकानीमा उनले भने, ‘निकै विनम्र, मृदभाषी थिए । म यो समाचारले निकै स्तब्ध छु ।’
लस एन्जलसस्थित एबीसीको स्थानीय स्टेशनले एलोन कलेजमा छँदा उनीसँग रेकर्ड गरिएको अन्तर्वार्ता साझा गरेको छ । त्यसक्रममा उनले मानिसहरुको उमेर बढ्दै जाँदा नयाँ प्रविधिले कसरी उनीहरुलाई सहयोग गर्नेछ भनेर बोलेका थिए ।

प्रतिक्रिया