रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक, सरकारबारे निर्णय हुन सक्ने

रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक, सरकारबारे निर्णय हुन सक्ने


काठमाडौँ ।

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ । आज दिउँसो तीन बजे पार्टी कार्यालय बसुन्धारामा बैठक बस्ने रास्वपा महामन्त्री तथा प्रवक्ता मुकुल ढकालले जानकारी दिए ।

बैठकमा रास्वपा सरकारमा बस्ने कि नबस्ने भन्नेबारे निर्णय हुन सक्ने बताइएको छ । महामन्त्री ढकालले पार्टीको राजनीति जसरी चलिरहेको छ त्यसलाई परिवर्तन गर्नुपर्ने पक्षमा आफू रहेको बताए।

बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेर पार्टी सभापति रवि लामिछानेले गृहमन्त्री नदिए तत्काल सरकारबाट बाहिरिने चेतावनी दिएका थिए ।

सर्वोच्च अदालतको गत शुक्रबारको फैसलापछि यही आइतबार पुनः नेपालको नागरिकता लिएका लामिछाने गैरसांसदको रुपमा सरकारमा सहभागी भएर गृहमन्त्री बन्ने कसरतमा लागि रहेका छन्।

साझेदार दल एमालेका अध्यक्ष केपी ओली लामिछानेलाई गृहमन्त्री बनाउने पक्षमा छन् भने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लामिछाने र उनको पार्टी रास्वपालाई गृहमन्त्री दिन नहुने पक्षमा छन्।

यो पनि..