काठमाडौँ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाले आयोजना गरेको च्यारिटी डिनरमा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सचेत ज्ञानबहादुर शाही (ज्ञानेन्द्र शाही) अष्ट्रेलिया प्रस्थान गरेका छन्। सबैका लागि शिक्षा भन्ने नारासहित भोलि (शनिबार) ईन्द्रेणी फंक्सन सेन्टरमा हुने उक्त कार्यक्रमको वक्ताका रूपमा सहभागी हुन उनी आज अष्ट्रेलिया प्रस्थान गरेका हुन्।
सचेतक शाहीसँगै च्यारिटी डिनरका लागि नायिका करिश्मा मानन्धर पनि अष्ट्रेलिया उडेकी छन्।
नेपालको दुर्गम भेगमा एनआरएन अष्ट्रेलियाले सञ्चालन गरिरहेको शैक्षिक छात्रवृत्ति कार्यक्रमलाई आर्थिक सहयोग जुटाउने उद्देश्यका साथ उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष नन्द गुरुङले जानकारी दिए।
गायिका त्रिशाला गुरुङ, एनआरएन आईसीसी अध्यक्ष रविना थापा, नेपाल आईडलका प्रतिस्पर्धीहरु आदेश पौडेल र सन्ध्या जोशी कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ।
यो पनि…
प्रतिक्रिया