बढ्दो घुम्ने संस्कृति

काठमाडौँ । अघिल्लो शरदयाममा कास्कीको कोरी ‘ट्रेक’मा पदयात्रा गरेका निसान खड्काले यसपालिको दसैँ बिदामा कास्कीकै मर्दी हिमालको आधार शिविरलाई गन्तव्य बनाए। दसैँको भोलिपल्ट बागलुङबाट दुई साथीसहित मर्दी घुम्न निस्केका उनी चार दिनको पदयात्रा सकेर आइतबार घर फर्किए। पेसाले शिक्षक खड्काले दसैँकै छेकोमा यसअघि मुगुको रारा ताललगायत पर्यटकीयस्थलको घुमघाम गरिसकेका छन्। “दसैँको बिदामा पदयात्रामा निस्कनुको मज्जा…