सभापति देउवाको नेतृत्व क्षमतामाथि कोइरालाको प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जनतासँग टाढा हुँदै गएकाले पार्टी कमजोर बनेको भनेर आत्मसमीक्षा गर्न नेतृत्वलाई झक्झक्याउन थालेका छन्। निर्वाचन अघि देखि नै माओवादीसँगको सहकार्यप्रति असन्तुष्टि जनाउँदै आएका नेता कोइरालाले यस्तो सहकार्य नेपाली कांग्रेसलाई हानीकारक रहेको निष्कर्ष निकालेका छन्। कोइरालाको धारणा छ, कम्युनिस्ट पार्टीहरुसँग सहकार्य गरिरहने हो भने नेपाली कांग्रेस जनतासँग टाढिँदै जाने…