भैरहवा, १७ फागुन (रासस) गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको क्लालिब्रेशन फ्लाइटको प्रारम्भिक प्रतिवेदन सकारात्मक पाइएको छ । एरो थाईको विशेष जहाजले गत फागुन ६ देखि १५ गतेसम्म कूल १० दिन क्यालिब्रेशन उडान गरेको थियो । उक्त उडानका क्रममा विमानस्थलमा जडान भएका उपकरण र बत्ती लगायतले सही ढङ्गले काम गरेका छन् कि छैनन् भनेर परीक्षण गरिएको थियो…