मनाङमा ०७४ का प्रतिस्पर्धीबीच नै पुनः भिडन्त

मनाङमा ०७४ का प्रतिस्पर्धीबीच नै पुनः भिडन्त


लमजुङ ।

मनाङबाट प्रतिनिधिसभा सदस्यका लागि पूर्वप्रतिस्पर्धीबीच नै पुनः भिडन्त हुने भएको छ । यो निर्वाचनमा सत्ता गठबन्धनबाट कांग्रेसका टेकबहादुर गुरुङ र एमालेबाट पोल्देन छेपाङ गुरुङबीच प्रतिस्पर्धा हुने भएको हो । उनीहरू यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा थिए ।

०७४ को निर्वाचनमा वाम गठबन्धनबाट एमालेका पोल्देन छेपाङ गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनीहरू दोस्रोपटक चुनावमा आमनेसामने छन् ।

यसअघि पूर्व श्रम तथा रोजगार राज्यमन्त्री र कांग्रेस मनाङका सभापतिसमेत रहेका कांग्रेसका उम्मेदवार गुरुङलाई २७१ मतले हराउँदै पोल्देन छोपाङ विजयी भएका थिए । पोल्देन छोपाङले २३ सय मत प्राप्त गरेका थिए । टेकबहादुर गुरुङले दुई हजार २१ मत प्राप्त गरेका थिए ।