तास्मानिया होबार्ट ।
गैर आवासीय नेपाली संघ (एनआरएन) अष्ट्रेलियाले अष्ट्रेलियाका विभिन्न राज्यमा नेपाल फेस्टिभल आयोजना गरिरहेको छ। मेलबर्न, डार्बिन र तास्मानिया नेपाल फेस्टिभल सम्पन्न गरेको एनआरएनले सिड्नी, ब्रिस्बेन र पर्थमा भव्यका साथ सम्पन्न गर्न त्यहाँका राज्य कमिटी लागि परेका छन्।
अष्ट्रेलियामा हुर्किँदै गएको नेपालीको पछिल्लो पुस्तालाई नेपाली भाषा, संस्कृति, भेषभूषाका बारेमा जानकारी गराउनका साथै नेपालको पर्यटन क्षेत्रमा टेवा पुगोस् भन्ने उद्देश्यका साथ यही नोभेम्बर २६ मा पर्थमा नेपाल फेस्टिभलको आयोजना गरिएको छ।
पर्थको मोरिट स्टेट महलमा हुने उक्त कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष एव वस्टेन अष्ट्रेलियाका संयोजक दिपक बस्नेतले जानकार दिए। कार्यक्रममा सहभागी हुने अतिथिको पनि टुंगो लागेको उनले बताए।
अतिथिका लागि पर्थ राज्य सरकारकारका मन्त्रीदेखि संसद्, अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेल, एनआरएन अष्ट्रेलियाका अध्यक्ष लगायतका पदाधिकारी र स्थानीय संघ संस्थाका प्रमुखलाई कार्यक्रमको आतिथ्यताका लागि पत्र पठाइसकेको संयोजक बस्नेत बताए। अधिकांश अतिथिले आतिथ्यता स्वीकार गरेकोसमेत उनले बताए।
‘२६ नोभेम्बर बिहान १०ः ४५ मा मुर्रे स्ट्रिट महलमा सहभागी हुने कार्यक्रम रहेको छ। मुर्रे स्ट्रिट महलबाट सूरु हुने कलश यात्रा विलियम स्ट्रीट हुँदै हे स्ट्रीटबाट बायाँ घुमेर ब्यारेक स्ट्रीट महल हुँदै पुनः मुर्रे स्ट्रिट फर्केर सकिने छ। कलश यात्रा स्कटिङका लागि पर्थ स्टेटको प्रहरीसँग सहयोग मागेको छ। यसका लागि प्रहरीले प्रमिशन पनि दिएको छ’, उनले भने।
कलश यात्रा बौद्धनाथ र पशुपतिनाथ समितिले आयोजना गरेको उनले बताए। नेपाल फेस्टिभल पर्थको औपचारिक कार्यक्रम १२ बजेबाट फरेस्ट चेसमा सुरु हुने संयोजक बस्नेतले बताए।
नेपाल नेपालीको कला संस्कृतिको प्रवर्द्धन गर्ने मूल उदेश्य रहेको उक्त कार्यक्रममा नेपालका विभिन्न ठाउँको फोटो भिडियो देखाइने पनि संयोजक बस्नेतले बताए। पर्थमा हुन गइरहेको नेपाल फेस्टिभलमा सहभागी हुन अल्बानी, मन्डिरा बनबेरी र अन्य धेरै क्षेत्रीय शहरहरूमा बसोवास गर्ने नेपाली पनि सहभागी हुने उनको भनाइ छ।
नेपाल कला संस्कृतिको धनी देश भएकाले यस कार्यक्रममा विभिन्न जात जाति भाषभाषीका झाँक्री पनि प्रस्तुत गरिने उनले बताए । नेपाल फेस्टिभल पर्थमा आउँदा एक जना विदेशी साथी लिएर आउनु उनले पर्थवासी नेपाली समुदायलाई आग्रह गरेका छन्।
नेपाल फेस्टिभललाई सभ्य र भव्य बनाउन पर्थमा रहेका स्थानीय संघ–संस्था, स्पोर्टस् क्लब र व्यवसायीक संस्था आ–आफ्नो तर्फबाट मेहनत गरिरहेका छन्। उक्त कार्यक्रम १० हजार जनाले अवलोकन गर्ने अनुमान गरिएको संयोजक बस्नेतको भनाइ छ।
प्रतिक्रिया