काठमाडौं, २८ चैत । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रमा कुनै पनि सङ्कट नआएको दाबी गर्नुभएको छ । अर्थ मन्त्रालयमा आज सोमवार आयोजित पत्रकार सम्मेलनमा अर्थ मन्त्री शर्माले आयात बढेर अर्थतन्त्र दबाबमा आएको भए पनि बाहिर प्रचार गरिएजस्तो सङ्कट नआएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अहिलेसम्म उपलब्ध विवरणका आधारमा पनि अर्थतन्त्रमा ठूलो सङ्कट आएको छैन ।’अर्थमन्त्री शर्माले…