होबार्ट, अष्ट्रेलिया । अष्ट्रेलियामा रहेका सक्रिय नेपाली पत्रकारहरुको संगठन अष्ट्रेलियन नेप्लीज जर्नलिष्ट एशोसिएसन एन्जाको साधारणसभाले तीन बुँदे होबार्ट घोषणापत्र जारी गरेको छ । घोषणापत्रमा अष्ट्रेलियाको नेपाली पत्रकारितालाई अझ व्यवस्थित मर्यादित र यहाँको प्रेस काउन्सिलले तोकेको आचारसंहिताभित्र रही अघि बढाउने भनिएको छ । यसका साथै साधारणसभाले चिरञ्जिवी देवकोटाको नेतृत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।…