सरकारलाई पूर्णता दिन गठबन्धनभित्र सकस, शीर्ष नेताहरुलाई जिम्मेवारी

काठमाडौं, १० असोज । सत्तारुढ गठबन्धनको बैठकले राजनीतिक दलसम्बन्धी अध्यादेशको समस्या समाधान गर्ने र सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको गठबन्धनको बैठकले अध्यादेशको समस्या समाधान गर्ने सरकारलाई चाँडो पूर्णता दिन शीर्ष नेताहरुलाई जिम्मेवारी दिइएको जनता समाजवादी पार्टीका नेता महेन्द्र राय यादवले जानकारी दिनुभयो…