काठमाडौं, १२ असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई सञ्चारमाध्यमले खबरदारी नगरेको गुनासो गर्नुभएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा सोमबार आयोजित सम्पादकहरूसँगको अन्तरक्रियामा एमाले अध्यक्ष ओलीले सञ्चारमाध्यमहरुले खबरदारी नगर्दा सरकार लापरवाह हुने बताउनुभएको हो । उहाँले अहिलेको सरकार लापरवाह भइरहेको आरोप लगाउँदै सञ्चारमाध्यमले खबरदारी…