काठमाडौँ । अस्ट्रेलियालाई २–१ ले हराउँदै अर्जेन्टिना कतार फिफा विश्वकप २०२२ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति अहमद विन अली मैदानमा अर्जेन्टिनालाई जित दिलाउन कप्तान लियोनल मेसी र जुलियन अल्भारेजले एक(एक गोल गरे । अर्जेन्टिनाको एन्जो फेर्नान्डेजले आत्माघाति गोल गरेका थिए । करियरको एक हजार खेल खेलेका मेसीले ३५औं मिनेटमा गोल गरेका थिए…