आज झण्डै ९० पुग्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

आज झण्डै ९० पुग्यो अष्ट्रेलियन डलरको भाउ, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैँकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अष्ट्रेलियन डलर खरिद ८९ रुपैयाँ ३४ पैसा र बिक्रीमा ८९ रुपैयाँ ७५ पैसा पुगेको राष्ट्र बैँकले जनाएको छ।

आज डलरको खरिद दर १३२ रूपैयाँ ३६ पैसा र बिक्री दर १३२ रूपैयाँ ८६ पैसा रहेको छ। युरो एकको खरिद दर १४० रूपैयाँ ९२ पैसा र बिक्री दर १४१ रूपैयाँ ५६ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५९ रूपैयाँ ३७ पैसा र बिक्री दर १६० रूपैयाँ ०९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ११ पैसा र बिक्री दर ३६ रूपैयाँ २७ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।