काठमाडौँ । निर्वाचन आयोगले चुनावी प्रतिवेदन राष्ट्रपतिलाई बुझाएसँगै सरकार गठनको बाटो खुलेको छ । दलहरू सरकार गठनका लागि छलफलमा जुटेको बेला कर्णालीमा माओवादी केन्द्रले नै मुख्यमन्त्री पाउनुपर्ने माग गर्दै केन्द्रीय कार्यालयलाई पत्र लेखेको छ । अन्य प्रदेशभन्दा कर्णालीमा आफ्नो पार्टी बलियो भएको भन्दै कुनै पनि हालतमा मुख्यमन्त्री पाउनुपर्ने पत्रमा उल्लेख गरिएको छ । २०७४ सालमा…