एडिलेड । प्रवासी नेपाली मञ्च साउथ अष्ट्रेलियाको आयोजनामा अन्तराष्ट्रिय टोपी दिवस तथा नया वर्ष २०२३ को उपलक्ष्यमा पदयात्रा सम्पन्न भएको छ ।
एडिलेडको स्थानिय जोन मिलर रिजर्भबाट समुन्द्री किनार हुदै पदयात्रा शुरु गरेर एडिलेडको चर्चित बिच ग्लेनेल पुगेर पुन जोन मिलर रिजर्भमा आएर पदयात्रा समापन भएको थियो । संक्षिप्त समापन कार्यक्रममा मञ्चले भर्खरै साउथ अष्ट्रेलियामा सम्पन्न स्थानिय निर्वाचनमा नेपाली समुदायबाट पहिलो काउन्सिल सदस्यमा निर्वाचित रेनुका लामालाई सम्मान गरेको थियो । साउथ अष्ट्रेलियाका लागि नेपाली वाणिज्यदुत दिपक धमलाले दोसल्लाह ओडायर सम्मान गरेका थिए । भने प्रवासी नेपाली मञ्च अन्तर्राष्ट्रिय कमिटी सदस्य सिता केशीले सम्मान पत्र प्रदान गरेकी थिईन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि वाणिज्यदुत धमलाले नयाँ वर्षको शुभकामना व्यक्त गर्दै प्रवासमा नेपाल र नेपालीको इज्जत बढाउने काममा थप क्रियाशिल हुन सबैलाई आग्रह गरेका थिए । सम्मानित लामाले सम्मानका लागि धन्यवाद व्यक्त गर्दै निर्वाचित पदलाई न्याय र नेपाली समुदायको ईज्जत बढ्ने गरि काम गर्ने बताईन । १५० भन्दा बढिको सहभागीतामा भएको कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था सहित नेपालबाट आउनु भएका अभिभावकहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । पदयात्राका क्रममा मनिङ वाकमा रहेका गैर्ह नेपालीहरुले अभिरुची पुर्वक हेर्ने र जिज्ञासहरु समेत राखेका थिए ।
कार्यक्रमका संयोजक सन्तोष गौतमले नेपालको प्रचार मुल उद्देश्य भएकाले पदयात्राका क्रममा अष्ट्रेलियन समुदायका व्यक्तिहरु संग भएको कुराकानीले नेपाल र नेपाली प्रति सकारात्मक रहेको पाएको बताए । उनले भने नेपालको प्रचार गर्न केहि हद सम्म सफल रहेको बताए । मञ्चका साउथ अष्ट्रेलिया अध्यक्ष युवराज पहाडीले साउथ अष्ट्रेलियामा बढ्दो नेपाली समुदाय विस्तारै विभिन्न क्षेत्रमा स्थापित हुदै गएको सन्दर्भमा स्थानिय काउन्सिलमा एक नेपाली चेलि रेनुका लामा निर्वाचित हुनु भएकाले उहालाई थप उत्साह र अन्य व्यक्तिहरुलाई पनि समुदायमा अगाडि बढ्न प्रेरणा होस भनेर सम्मान गरिएको बताए ।
प्रतिक्रिया