सोसाइटीको आयोजनामा तास्मानियाको होबार्टमा मनाइयो राष्ट्रिय टोपी दिवस

सोसाइटीको आयोजनामा तास्मानियाको होबार्टमा मनाइयो राष्ट्रिय टोपी दिवस


तास्मानिया, होबार्ट ।

नेपाली सोसाइटी अफ तास्मानियाले अंग्रेजी नयाँ वर्ष तथा राष्ट्रिय टोपी दिवसको अपसरमा शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । तास्मानियाको होबार्टमा रहेका विभिन्न नेपाली संघ सस्थाका प्रतिनिधिहरुको उपस्थितिमा सोसाइटीले आफ्नै कार्यालयमा उक्त कार्यक्रमको आयोजना गरेको हो । 

शुभकामना आदान प्रदान कार्यक्रममा सोसाइटीका अध्यक्ष तोयाराज भट्टराईले नेपाली राष्ट्रिय टोपी दिवसको अपसरमा विदेशमा वसेर पनि यसरी मनाउन पाउँदा आफ्नो लागि गौरवको विषय भएको बताए। उनले परापूर्व काल देखि टोपी लगाउन पाउनु खुःसीको कुरा भएको बताए। उनले नेपाली ढाका टोपी बंगलादेशबाट आएको एक थरीको भनाइमा आफू सहमत नभएको बताए।

नेपालमै पनि टोपीलाई तीन थरीको नाम (पश्चिममा ढाका टोपी, काठमाडौँमा भातगाउले टोपी र पूर्वतिर हातले बुनेको टोपी) दिएको बताए। उनले जनवरी १ तारिखमा बनाइने ढाका टोपी दिवस नभएको भन्दै यसलाई राष्ट्रिय टोपी दिवस भनिनुपर्ने धारणा राखे । उनले पूर्वमेचीदेखि पश्चिम महाकाली र हिमाल देखि तराईमा लगाइने विभिन्न भेषभुषाका जातजाति भाषा धर्मका टोपीको प्रतिनिधित्व हुने गरी राष्ट्रिय टोपी दिवस नामकरण गर्नु उपयुक्त हुने उनको भनाइ छ ।

टोपी पुर्खाले आफ्नो सुरक्षाका हिसाबले लगाए पनि अहिले यो राष्ट्रिय पहिचानको पोसाक भएकाले ढाका टोपी लगाएमा विश्वले नेपाली भनेर चिन्ने पहिचान भएको उनले बताए। २०१३ बाट केही युवाहरूले सुरु गरेको टोपी दिवस अहिले विश्वभरमा छरिएर रहेका नेपालीले भव्वरुपमा मनाउने गरेको भन्दै पहिलो पटक तास्मानियामा मनाएको टोपी दिवस अघिल्ला वर्षहरूमा पनि निरन्तर मनाइने अध्यक्ष भट्टराईले प्रतिबद्धता जनाए। 

यस्तै स्थानीय व्यवसायी प्रविन खरेलले शुभकामना दिएका थिए। कार्यक्रममा वीइनर सर्कलबाट आफ्नो धारणा राख्दै विजय भट्टराईले अंग्रेजी नयाँ वर्ष तथा राष्ट्रिय टोपी दिवसको शुभकामना दिँदै नेपाली टोपी लगाउँदा आफूलाई एकदमै गौरव महसुस हुने बताए।  

कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष तथा केबीसी खबरका तास्मानिया संयोजक खगेन्द्र सत्यालले नेपाली सोसाइटी अफ तास्मानियाले विगतका वर्षदेखि नै यहाँ रहेका नेपाली भाषीहरुलाई एकीकृत गरेर अगाडी लगिरहेको भन्दै आज अंग्रेजी नयाँ वर्ष तथा राष्ट्रिय टोपी दिवस मनाउँदै गर्दा आफू एकदमै खुःसी भएको बताए। 

यस्तै तमुसमाज तास्मानियाका अध्यक्ष महेन्द्र गुरुङले नयाँ वर्षको शभकामना दिँदै तमु समाजले नेपाली सोसाइटी अफ तास्मानियालाई हरेक कार्यक्रममा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मार्फा फुटबल क्लबका अध्यक्ष रविन पौडेलले अंग्रेजी नयाँ वर्ष तथा राष्ट्रिय टोपी दिवसको शुभकामना दिए । कार्यक्रममा उपस्थित सोसाइटीका सचिव विष्णु पौडेल, सदस्य आशिष तिवारी, मिलन पौडेल, इश्वरी पौडेललगायत अन्य पदाधिकारीले पनि शुभकामना दिएका थिए। कार्यक्रमको सञ्चालन सोसाइटीका उपाध्यक्ष केराज खनालले गरेका थिए।