नारायणहिटीमा क्याफे ठेक्का सम्झौता मिलेमतोमा भएको हुनसक्ने छानबिन समितिको निष्कर्ष

काठमाडौं २६ पुस । नारायणहिटी दरबार संग्रहालय परिसरमा चमेनागृह सञ्चालनका लागि गरिएको ठेक्का प्रक्रियाबारे छानबिन गर्न बनेको समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक पर्यटन मन्त्रालयका सहसचिव होमप्रसाद लुइँटेलले आज मन्त्री आलेलाई प्रतिवेदन बुझाएका हुन् ।छानबिन समितिले नारायणहिटी विकास समितिले बी. म्यानेजमेन्ट प्रा. लि. लाई पत्राचार गरी…