काठमाडौँ ।
सरकारले गत मंसिर ४ मा भएको प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनका क्रममा भएको झडपमा परी मृत्यु भएका बाजुराका सञ्जीव ऐडी र चेतन अएडीको परिवारलाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।
हिजो पुस २१ गते बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले बाजुरामा चुनावी झडपका क्रममा मृत्यु भएका सन्दीप र चेतनको परिवारलाई १०-१० लाखको सहयोग गर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए।
गत मंसिर ४ निर्वाचनका दिन मतदानको समयमा नेपाली कांग्रेसका कार्यकर्ताले ‘बुथ कब्जा’ गर्न खोजेपछि सुरक्षाकर्मीले गोली चलाउँदा कांग्रेसका कार्यकर्ता सन्दीप ऐडीको मृत्यु भएको थियो। यस्तै ४ गते साँझ त्रिवेणी-७ बस्ने अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन ऐडीको कांग्रेस कार्यकर्ताको कुटपिटबाट मृत्यु भएको थियो।

प्रतिक्रिया