काठमाडौँ । सरकारले प्राथमिकतामा रहेका जनसरोकारसँग सम्बन्धित् विधेयकहरूलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकहरूका बारेमा छलफल गर्न सोमबार बोलाएका बैठकमा विभिन्न विधेयकहरूलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको हो। व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतकहरूसँग भएको छलफलमा विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका…