काठमाडौँ । संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने भएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले माघ २७ गते संसद्लाई सम्बोधन गर्ने विषयमा जानकारी दिएका हुन् ।उक्त दिनको प्रतिनिधिसभाको बैठकमा संघीय संसद्का दुवै सदनका सांसदहरुलाई २ः४५ बजे नै सभामा निर्धारित पोसाकमा उपस्थित हुन उनको आग्रह छ ।…