अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

अष्ट्रेलियन डलरमा सामान्य परिवर्तन, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ । नेपाल राष्ट्र बैँकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

आज अस्ट्रेलियन डलर एकको खरिद दर ९१.३९ रुपैयाँ रहेको छ भने बिक्री दर ९१.८१ रुपैयाँ रहेको छ । सोमबारको तुलनामा आज अस्ट्रेलियन डलर २९ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ । यस्तै अमेरिकी डलरको खरिद दर १३२ रूपैयाँ ०६ पैसा र बिक्री दर १३२ रूपैयाँ ६६ पैसा रहेको छ। युरो एकको खरिद दर १४१ रूपैयाँ ०५ पैसा र बिक्री दर १४१ रूपैयाँ ६९ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १५८ रूपैयाँ ९९ पैसा र बिक्री दर १५९ रूपैयाँ ७१ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ०२ पैसा र बिक्री दर ३६ रूपैयाँ १८ पैसा रहेको राष्ट्र बैँकले जनाएको छ।