काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका छन्। आर्थिक वर्ष २०८०–०८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नको सोमबार प्रतिनिधिसभा बैठकमा जवाफ दिने क्रममा अर्थमन्त्री महतले जिल्ला निर्वाचन कार्यालय खारेज नहुने बताएका हुन्। सांसदहरुले जिल्ला निर्वाचन कार्यालय खारेज गर्न लागेको भनेर आपत्ति जनाएका थिए। सोही विषयको जवाफ दिँदै…