प्रधानमन्त्री प्रचण्डलाई कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दर्ता

काठमाडौँ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र तत्कालीन माओवादी नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईविरुद्ध युद्ध अपराधको मुद्दा चलाएर कारबाही गर्न माग गरिएको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। पूर्वबाल लडाकु लेलिन विष्टसमेतले दिएको रिट निवेदनलाई आइतबार सर्वोच्च अदालतले दर्ता गरेको हो। गत शुक्रबार रिट निवेदनलाई दरपिठ गर्ने आफ्नै…