काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालबाटै ज्ञान दिने कामको सुरुआत भएको बताएका छन्। मदन भण्डारी मेमोरियल कलेजको २२औँ वार्षिकोत्सव समारोहमा यहाँ सम्बोधन गर्दै उनले नेपाली भूमिबाटै ज्ञानको विकास र विस्तार भएको बताए। 'पहिलो शास्त्र, पहिलो लिपी र पहिलो सङ्गीत यहीँबाट सिर्जना भएका हो', उनले भने, 'वाद्यवादन, नृत्य, साहित्यमा नवरस र पहिलो कविता…