एकैदिन दुई रुपैयाँले बढ्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?

एकैदिन दुई रुपैयाँले बढ्यो अष्ट्रेलियन डलर, अन्य विदेशी मुद्राको विनिमय दर कति ?


काठमाडौँ ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ।

अस्ट्रेलियन डलर एकको खरिद दर ८९ रुपैयाँ ८७ पैसा रहेको छ भने बिक्री दर ९० रुपैयाँ २८ पैसा रहेको छ। अधिल्लो दिन (बिहीबार) को तुलनामा आज अष्ट्रेलियन डलरको भाउ २ रुपैयाँ ५ पैसाले बढेको राष्ट्र बैँकले जनाएको छ।

यस्तै अमेरिकी डलरको खरिद दर १३१ रूपैयाँ ०२ पैसा र बिक्री दर १३१ रूपैयाँ ६२ पैसा रहेको छ। युरो एकको खरिद दर १४६ रूपैयाँ ३७ पैसा र बिक्री दर १४७ रूपैयाँ ०४ पैसा रहेको छ।

बेलायती पाउण्ड एकको खरिद दर १७१ रूपैयाँ २५ पैसा र बिक्री दर १७२ रूपैयाँ ०३ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रूपैयाँ ९४ पैसा र बिक्री दर ३६ रूपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।