अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल आउँदै


काठमाडौँ ।

दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपाल आउँदै छन्। लु आज नेपाल भ्रमण आउने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ।

विदेश मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेटेर पत्नी सीता दाहालको निधनमा समवेदना व्यक्त गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

दूतावासका अनुसार उनले आज नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट गर्ने र दूतावासका कर्मचारीहरूलाई पनि भेट्ने कार्यक्रम तय भएको छ।

उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्ने र नेपालीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सिप प्रदान गर्न उनीहरूले गरेका प्रयासका बारेमा पनि बुझ्ने दूतावासले जनाएको छ।

लू एमसीसी संसद्‌बाट पारित गर्ने क्रममा पनि नेपाल आएका थिए।