काठमाडौँ । डेङ्गु भाइरसको सङ्क्रमण बढ्दै गएको छ। इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले आज सार्वजनिक गरेको तथांधकमा दश हजार सात सय २६ जनालाई डेङ्गु सङ्क्रमण देखिएको छ। सङ्क्रमण ७४ जिल्लामा फैलिएको छ भने ७ जनाको मृत्यु भइसकेको छ। महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासनीले लगातार परिरहेको पानी र सरसफाइमा ध्यान नदिँदा डेङ्गु सङ्क्रमण बढिरहेको बताए।…