सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी गृहमा तानिए

सुन तस्करी प्रकरण : अध्यागमन विभागका महानिर्देशक अधिकारी गृहमा तानिए


काठमाडौँ ।

अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी गृहमन्त्रालयमा तानिएका छन्। सुन तस्करी प्रकरणमा मुछिएका तिब्बती मूलका बेल्जियन नागरिक दावा शेर्पासँग च्याट संवाद गरेको पाइएपछि अधिकारीलाई गृह मन्त्रालयमा तानिएको हो।

उनी १६ फागुन २०७९ मा अध्यागमन विभागको महानिर्देशक बनेका थिए। अधिकारीलाई मन्त्रालयको अतिरिक्त समूहमा ल्याइएको मन्त्रालयले जनाएको छ।