मेलबर्न, अष्ट्रेलिया । मेलबर्नको कोबर्गमा सञ्चालित मुस्ताङ प्यालेस रेष्टुरेन्टले आफ्नो पहिलो शाखा लालोरमा खोलेको छ । आईतबार एक समारोहकाबीच रेष्टुरेन्टको सुरुवात गरियो । मेलबर्नका सामूदायिक नेताहरुको उपस्थितिमा सुरुवात गरिएको रेष्टुरेन्ट उद्घाटन कार्यक्रममा बोल्दै भिक्टोरियाका लागि नेपाली अवैतनिक वाणिज्यदूत निराजन गौलीले नेपाली खाना प्रबद्र्धनमा लाग्न आग्रह गरेका थिए । उनले सेवाग्राहीको आकांक्षा अनुसार अघि बढ्दा सफलता…