भक्तपुरमा यसरी मनाइन्छ आठ दिने इन्द्रजात्रा

भक्तपुर । टोलटोलमा यम द्य (देवता) ठड्याउने क्रमसँंगै भक्तपुरको इन्द्रजात्रा सुरु हुन्छ । यहाँ जात्रा एक हप्तासम्म चल्छ । जात्राको पहिलो दिन नगरका टोलटोलमा यम्बद्यः (देवता)का रुपमा १५ सोह्र फिट अग्ला लिंगोहरू ठडाइन्छन् । स्थानीयवासी यसलाई यम्बद्यः(इन्द्र देवता) उठाइएको भन्छन् । प्रत्येक वर्ष भाद्र शुक्ल पक्ष द्वादशी इन्द्रजात्रा (नेपाल भाषमा यन्हा पुन्ही) को पहिलो दिन…