सुशासनको नयाँ अभियान सुरु भएको छ : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले देशमा सुशासनको नयाँ अभियान सुरु भएको बताएका छन्। आज चितवनको भरतपुरमा पार्टी नेता कार्यकर्तासँग फागुपूर्णिमाको अवसरमा होली खेल्दै उहाँले नयाँ सरकार निर्माण भएसँगै जनतामा आशा पलाएको बताए। उनले भने, “विभिन्न दलहरुसँग साझेदारी गरेर सत्तामा चार मन्त्रालयको जिम्मेवारी लिएका छौँ। सुशासनका लागि ठूला दलका प्रमुख नेता एक हुनुहुन्छ।” उनले…