वामदेवको एमाले पुनरागमन चाहनाबारे ओलीले भने : ‘पछि छलफल गर्छौ’

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा राष्ट्रिय एकता अभियानका अध्यक्ष वामदेव गौतमको एकताको भावनालाई आफूले सकारात्मक रुपामा लिएको बताएका छन्। ललितपुरको च्यासलस्थित पार्टी कार्यालयमा सोमबार आयोजित वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा गौतमले आफू एमालेमा आत्मालोचनासहित फर्किन तयार रहेको बताएपछि अध्यक्ष ओलीले ‘चाहनालाई सकारात्मक रुपमा लिएको’ मात्रै बताए। ‘वामदेव कमरेडले कतिपय…