काठमाडौं । युइएफए च्याम्पिन्यस लिगको क्वाटरफाइनलको पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना विजयी भएको छ। बुधबार राति भएको खेलमा बार्सिलोनाले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइन (पीएसजी)लाई पहिलो लेगमा ३–२ गोल अन्तरले पराजित गरेको हो। बार्सिलोनालाई जिताउन राफिन्हाले २ गोल गर्दा आन्द्रेज क्रिस्टियनसेनले एक गोल थपेका थिए। पीएसजीका लागि ओसमन डेम्बेले र भिटिन्हाले एक एक गोल फर्काए।…