आइसीसी टी–२० विश्वकपमा क्यानडाको पहिलो जित

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटमा क्यानडाले पहिलो जित निकालेको छ। न्युयोर्कको नासाउ काउन्टी इन्टरनेशनल क्रिकेट स्टेडियममा शुक्रबार भएको खेलमा क्यानडाले आयरल्याण्डलाई १२ रनले पराजित गरेको हो। पहिलो खेलमा अमेरिकासँग पराजित भएको क्यानडाले आयरल्याण्डलाई पराजित गरेपछि सुपर एटको होड कायम राखेको छ। आयरल्याण्डको भने यो लगातार दोस्रो हार हो। आयरल्याण्ड यसअघि भारतसँग पराजित भएको थियो।…