एकै ओभरमा नेपालले गुमायो दुई विकेट

एकै ओभरमा नेपालले गुमायो दुई विकेट


काठमाडौँ ।

नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले खराब सुरुवात गरेको छ।

नेपालले तेस्रो ओभरमा दुई विकेट गुमायो। यो ओभरको पहिलो बलमा कुशल भुर्तेल चार रनमा बोल्ड भए। यही ओभरको तेस्रो बलमा ठूलो सर्ट हिर्काउनेक्रममा अनिलकुमार साह शून्यमै आउट भए। उनीहरूलाई तन्जिम हसन साकिबले पवेलिएन फर्काएका हुन् ।