काठमाडौँ ।
नवौँ संस्करणको आइसिसी टी–२० विश्वकपअन्तर्गत समूह चरणको अन्तिम खेलमा बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य पछ्याउनेक्रममा नेपालले सस्तैमा पाँचौं विकेट गुमाएको छ।
नेपालले पाँचौं विकेटको रूपमा सन्दीप जोरालाई गुमाएको हो। उनी सातौं ओभरको अन्तिम बलमा एक रनमा क्याच आउट भए । उनी तन्जिम हसन साकिबको बलमा आउट भएका हुन्। नेपालले २६ रन जोड्दा ५ विकेट गुमाएको हो।
नेपालले चौथो विकेटको रूपमा लयमा देखिएका ओपनर आसिफ शेखलाई गुमायो। उनी ५.४ ओभरमा मुस्तफिजुर रहमानको बलमा १७ रनमा क्याच आउट भए । नेपालले तेस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो।
उनी ४.२ ओभरमा एक ओभरमा क्याच आउट भए । नेपालले तेस्रो ओभरमा दुई विकेट गुमाएको थियो। सो ओभरको पहिलो बलमा कुशल भुर्तेल चार रनमा बोल्ड भए । यही ओभरको तेस्रो बलमा ठूलो सर्ट हिर्काउनेक्रममा अनिलकुमार साह शून्यमै आउट भए । उनीहरू तीनै ब्याटरलाई तन्जिम हसन साकिबले पवेलिएन फर्काएका हुन्।
प्रतिक्रिया