ट्रान्सजेन्डर बन्न ६ महिना लागेको थियो नवाजुद्दीनलाई

मुम्बई । अभिनेता नवाजुद्दीन सिद्दीकीको फिल्म ‘जोगिरा सारा रा रा रा’ हालै रिलिज भएको थियो। नेहा शर्माको समेत अभिनय रहेको फिल्मले बक्सअफिसमा कमाल देखाउन सकेन। यतिबेला नवाजुद्दीन अर्को फिल्म ‘हड्डी’लाई लिएर चर्चामा छन्। फिल्ममा उनले ट्रान्सजेन्डरको भूमिका निर्वाह गरेका छन्। फिल्मकी निर्मात्री राधिका नन्दाका अनुसार नवाजुद्दीनको यो लुक्स तयार पार्न ६ महिना समय लागेको थियो।…