काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रबाट बुधबार बरामद गरिएको सुनको तौल यकिन गर्न नेपाल राष्ट्र बैंकमा लगिँदै छ। राष्ट्र बैंकमा लगेर जोखेपछि बरामद सुनको वास्तविक तौल थाहा हुने राजस्व अनुसन्धान विभागले जनाएको छ। उक्त प्रकरणमा हालसम्म एजेन्टसहित ६ जनालाई पक्राउ परेका छन्। राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुङ्गानाका अनुसार उक्त प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको…