नक्कली भुटानी शरणार्थी प्रकरण : ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालयल काठमाडौंले नक्कली भुटानी शरणार्थी प्रकरणमा ३० जनाविरुद्ध चार अभियोगमा मुद्दा दायर गरेको छ। प्रहरीको अनुसन्धान प्रतिवेदन प्राप्त गरेपछि बुधबार सरकारी वकिलको कार्यालयले ३० जनाविरुद्ध राज्यविरुद्ध अपराध, संगठित अपराधत्र, ठगी र सरकारी लिखत कीर्ते कसुरमा मुद्दा दायर गरेको हो। पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाँण, खाँणका तत्कालीन स्वकीय सचिव नरेन्द्र…