ललिता निवास प्रकरण : आज पनि सुनुवाइ हुने

ललिता निवास प्रकरण : आज पनि सुनुवाइ हुने


काठमाडौँ ।

ललिता निवास प्रकरणको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि आज पनि सुनुवाइ हुने भएको छ।

हिजो बहस हुँदाहुँदै समय सकिएपछि उक्त मुद्दाको सुनुवाइ आज हुन लागेको हो। सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त रिट हेरिरहेको छ।

ललिता निवासजग्गा प्रकरणमा कीर्ते गरेको अभियोगमा संचार तथा सूचना प्रविधि मन्त्रालयका बहालवाला सचिव कृष्णबहादुर राउत, निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका संस्थापक मीनबहादुर गुरुङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमलाई पक्राउ गरी अनुसन्धान सुरू गरेपछि सर्वोच्च अदालतमा बन्दीको रिट निवेदन दायर गरिएको थियो।