आरजुको नाम लिएको २ करोडको अडियो रेकर्डमा सुनिएको स्वर सन्देश शर्मासँग मिल्यो

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा २ करोड रुपैयाँ ‘डिल’ भएको भनिएको अडियोमा कांग्रेसकी सांसद डा. आरजु राणा देउवाको नाम लिइएको स्वर हाल पुर्पक्षका लागि जेलमा रहेका दाङका सन्देश शर्मासँग मेल खाएको छ। प्रारम्भिक परीक्षणमा अडियो रेकर्डमा सुनिएको स्वर जेलमा रहेका शर्मासँग मेल खाएको प्रहरी प्रवक्ता कुवेर कडायतले पुष्टि गरेका छन्। आइतबार उजुरी छानबिनको प्रगतिबारे…