काठमाडौँ ।
ललिता निवास प्रकरणमा मुछिएका चार पूर्वमन्त्रीविरुद्ध जिल्ला अदालत काठमाडौंले प्रहरीलाई पक्राउ अनुमति दिएको छ।
पूर्वउपप्रधान तथा गृहमन्त्री एवं नेपाली कांग्रेस नेता विजयकुमार गच्छदारसहित पूर्व मन्त्रीहरू डम्बरबहादुर श्रेष्ठ, चन्द्रदेव जोशी र सञ्जयकुमार शाह विरुद्ध अदालतले पुर्जी जारी गरेको हो।
सर्वोच्च अदालतले सो प्रकरणमा मुछिएका पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि अनुसन्धान गर्न बाटो खोलेको दिनमा नै पूर्व मन्त्रीत्रयलाई पक्राउ गर्न अनुमति दिएको हो।
प्रतिक्रिया