एनआरएन आईसीसीको निर्वाचन नजिकियो, सेल्फी खिच्ने समय आज थप

काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिको आगामी नेतृत्वको लागि हुन लागेको विश्व सम्मेलन र निर्वाचनको लागि आफ्नो विवरण अद्यावधिक गराउने अवधि थप गरिएको छ । निर्वाचन समितिको तर्फबाट २३ फेब्रुअरीमा जारी गरिएको विज्ञप्तिमा सेल्फी खिच्ने र आफ्नो विवरण आज २४ फेब्रुअरी अर्थात् बिहीबार नेपाली समय अनुसार मध्यरातसम्म थप गरिएको जानकारी दिइएको छ ।…