काठमाडौं । रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदनविरुद्ध उजुरी परेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले लामिछानेले पार्टी दर्ताका लागि आयोगमा दिएको निवेदनविरुद्ध दुई उजुरी परेको जानकारी गराएका छन् । मङ्गलबार लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ घोषणा गरेर पार्टी दर्ताका लागि आयोगमा निवेदन दिएका थिए । स्वतन्त्र उम्मेदवार अभियानका संयोजक…