अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए दिपावलीको शुभकामना, चाडपर्व बहुसांस्कृतिक समाजको धरोहर

अष्ट्रेलियाका प्रधानमन्त्रीले दिए दिपावलीको शुभकामना, चाडपर्व बहुसांस्कृतिक समाजको धरोहर


मेलबर्न, अष्ट्रेलिया ।

अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी एल्बानिजीले हिन्दू धर्मावम्बीहरुको चाड दिपावलीको अवसरमा अष्ट्रेलियासहित विश्वभर रहेर यो चाड मनाउनेहरुलाई शुभकामना दिएका छन् । एक सन्देश जारी गर्दै उनले परिवारबीचको सम्बन्धसेतुका रुपमा रहने यस्ता चाडपर्वले सुन्दर भविष्य निर्माणमा योगदान दिने अपेक्षा समेत गरेका छन् । आधुनिक अष्ट्रेलियामा दिपावलीको उत्सवले बहुसांस्कृतिक प्रतिनिधित्व गर्ने पनि उनले लेखेका छन् ।

प्रधानमन्त्री एल्बानिजीले आफु अष्ट्रेलियाको विविधतायुक्त समूदायप्रति कृतज्ञ रहेको भन्दै अष्ट्रेलियाको सफलतामा खेलेको भूमिकाका लागि यही अवसर पारेर धन्यवाद पनि दिएका छन् ।