जापानको टोकियोमा एक नेपाली विद्यार्थी मृत भेटिए

काठमाडौँ । जापानको टोकियोकोमा एक नेपाली विद्यार्थी मृत फेला परेका छन् । टोकियोको इकेबुकुरोमा बस्दै आएका धनकुटाका २८ वर्षीय नेपाली युवा मृत अवस्थामा भेटिएका हुन्। विद्यार्थीका रुपमा २०२२ को जुलाईमा जापान आएका अनिस कटुवाल आफू बस्दै आएको कोठाको बाथट्युबमा आइतबार बिहान मृत अवस्थामा भेटिएको उनका साथीलाई उदृत गर्दै जापानबाट सञ्चालन हुने जापान समाचारले लेखेको छ…